१ हजार ७१४ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनामा परीक्षण गर्दा १ हजार ७१४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार २२५ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १०३ जनामा र ३ हजार २८८ जनामा एन्टीजेन परीक्षण गर्दा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९३.३ प्रतिशत रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ४ हजार ७७१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८०३ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।







डिसी नेपाल








Facebook Comment