सत्यमाेहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले

डिसी नेपाल
२८ माघ २०७८ ७:२८
360
Shares

काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन्।

मन्त्री आलेले छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका जोशीकाे स्वास्थ्यअवस्थाकाे जानकारी लिएका हुन्। जोशीको उपचारको सम्पूर्ण खर्च किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले व्यहोरिरहेकाे छ।

तर,मन्त्री आलेले जाेशीकाे उपचारमा आफूले सहयोग गर्न अस्पताल प्रशासनसँग इच्छा राखेकाे मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *