स्थानीय तह निर्वाचनमा हाेमियाे एमाले, पहिलोपटक आज औपचारिक कार्यक्रम

डिसी नेपाल
२८ माघ २०७८ ११:१७
48
Shares

काठमाडौ। स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोको तयारीको बारेमा औपचारिक रुपमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ।

आगामी ३० बैशाखमा एकैचरणमा स्थानिय तहको निर्वाचनको मिति गर्ने घोषणा भए लगत्तै एमालेले स्थानिय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको आयोजना शुक्रवार गर्न लागेको हो।

‘कार्यक्रममा पार्टी केन्द्रिय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुनेछन,’ एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए। उनका अनुसार शुक्रवार अपरान्ह १ बजे केन्द्रीय कार्यालय, थापाथलीवाट अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्वोधन गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *