६ जना एसपीको सरुवा, तीन जिल्लाका प्रहरी प्रमुख फेरिए

डिसी नेपाल
२८ माघ २०७८ २१:१५
348
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । जसमध्ये तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा नवराज अधिकारीलाई पठाइएको छ ।

त्यस्तै महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको सरुवा गरिएको छ । उनीहरुको काज सरुवा भएको भएपनि समयअवधि पुगेकै कारण सरुवा गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

हाल चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ । उनीहरुको यो नियमित सरुवा हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *