आइतवारवाट सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

डिसी नेपाल
२९ माघ २०७८ ९:३५
52
Shares

काठमाडौं। सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो।

गत बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो।

गत ४ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभुत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आइतवारवाट भने नियमित सेवामा जानेछ। सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अबधीमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्धा माथी कारवाही र सुनवाईलाई भने निरन्तरता दिईएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *