कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट

डिसी नेपाल
४ फागुन २०७८ १७:५४
32
Shares

काठमाडौ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई नियुक्त गरेका छन ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिए। आफ्नै दल नेपाली कांग्रेसबाट माघ २३ गते आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएका हिमबहादुर शाहीलाई भने उनले प्रवक्ता तोकेनन।

उनले तोकिएको जिम्मेवारी प्रचलित कानूनबमोजिम उत्तरदायीपूर्ण तरिकाले बहन गर्न निर्देशन दिँदै प्रवक्ता विष्टलाई बधाईसमेत ज्ञापन गरेका छन। विष्टलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री शाहीले योजनामन्त्रीमा गत मङ्सिर १४ गते नियुक्त गरेका हुन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *