विश्वकप खेल्ने नेपालको सपना अधुरै

डिसी नेपाल
१० फागुन २०७८ १९:११
828
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल खेलमा यूएईले नेपाललाई ६८ रनले पराजित गरेको छ । पराजित भएसँगै नेपालको टी–२० विश्वकप खेल्ले सपना अधुरै बनेको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जितका लागि यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सवै विकेटको क्षतिमा १०७ रनमा समेटिएको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३८ बलमा तीन चौका हानेर ३८ रन बनाए । ज्ञानेन्द्र मल्लले १६ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन बनाएका थिए ।

आरिफ शेखले ११ रन बनाए भने ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए । विवेक यादव आठ रन जोड्दै बाहिरिए । आशिफ शेक र लोकेश बम शुन्य रनमा पेभेलियन फर्किएका थिए । जितेन्द्र मुखियाले पाँच तथा सन्दीप लामिछानेले र कमल ऐरी समान चार रन जोड्दै पेभेलियन फर्किएका थिए ।

नेपाललाई सक्तैमा समेट्नन यूएईका अहमेद राजा एक्लैले पाँच विकेट लिए । जुनइद सिद्धिक्वीले तीन विकेट लिए । सिद्धिक्वीले पहिलो ओभरमै नेपालको दुई विकेट लिएका थिए। रोहन मुस्ताफा र जाहोर खानले एक विकेट लिए ।

यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ७० रन बनाए । ३८ बलको सामना गरेका वासिमले चार चौका र चार छक्का हानेका थिए ।

वृत्य अरविन्दले ४६ रन बनाए । २३ बलको सामना गरेका अरविन्दले पाँच चौका र तीन छक्का हानेका थिए। ओपनर चिराग सुरी चार रनमा पेभेलियन फर्किएका थिए । मोहमद उसमानले १७ र वानार फ्रेदले अविजित ११ रन बनाए ।

बलिङमा नेपालका जितेन्द्र मुखिया र अविनास बोहोराले तीन तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने एक विकेट लिए ।
नेपाल समूह ‘बी’ मा अपराजीत रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

फाइनल पुगेको यूएईले उपाधिका लागि आयरल्यान्डसँग खेल्नेछ । मंगलबार नै भएको अर्को सेमिफाइनल खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *