आइसीसी टि–२० बरियतामा नेपाली खेलाडीहरुको ठूलो छलाङ
काठमाडौं। टि–२० विश्वकपमा छनोट हुन असफल भए पनि नेपाली खेलाडीहरुले यो सिरिजमा आफ्नो आइसीसी बरियतामा भने निकै ठूलो छलाङ मारेका छन् । नेपालका ४ जना खेलाडीहरु आइसीसीको बरियतामा छन् र यी सबैले आफ्नो स्थान सुधार गरेका छन् ।
टि–२० ब्याटिङतर्फ सबैभन्दा ठूलो छलाङ कुशल भुर्तेलले मारेका छन् । ३९ औं स्थानमा आइपुगेका छन् । यस्तै दीपेन्द्र सिंह ऐरी पनि ५० औं स्थानमा आइपुगेका छन् । यस्तै बलिङतर्फ कप्तान सन्दिप लामिछानेले पनि ठूलो छलाङ मारेका छन् । सन्दिप ४३ औं स्थानमा आइपुगेका छन् । अविनाश बोहोरा पनि शीर्ष १०० भित्र परेका छन् । उनी ८६ औं स्थानमा छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment