राष्ट्रिय फुटसल टोलीको प्रशिक्षण भोलिबाट, नेपाल कठिन समूहमा

डिसी नेपाल
१२ फागुन २०७८ १४:५५
128
Shares

काठमाडौं। कीर्गिस्तानमा आगामी अप्रिलमा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमको प्रशिक्षण शुक्रबार (भोलि)बाट सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार दिन काठमाडौंंमा खेलाडीलाई सुरुआती प्रशिक्षण दिएर पोखरामा बन्दसत्र सुरु गर्ने जनाएको छ। प्रशिक्षक गौरव बस्नेतले ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । सुरुआती चार दिनको प्रशिक्षण चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा हुनेछ।

१ देखि १५ अप्रिलसम्म आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपाल सम्मिलित समूहमा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान जस्ता बलिया टोली छन् ।

प्रशिक्षक बस्नेत नेपालकाे समूह बलिया टिम रहेका र त्यसका बाबजुद पनि दोस्रो चरणमा स्थान बनाउन खेल्ने बताउँछन् ।

‘समूहका तीनै विपक्षी बलिया छन् । हाम्रो लक्ष्य दोस्रो चरणमा स्थान बनाउन हुनेछ । त्यही अनुसार तयारी गर्छाैं,’ उनले भने।

यस प्रतियोगिताबाट नेपालले पहिलो पटक फुटसल वरीयता पाउनेछ। फुटसल वरीयता पाउन कम्तिमा पनि आधिकारिक १० खेल खेलेको हुनुपर्छ । नेपालले यसअघि दुई पटक एएफसी फुटसलमा सहभागीता जनाएको छ।

बन्द प्रशिक्षणमा परेका खेलाडीः

गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिब तामाङ, सुमितकुमार आले

फिक्सो (डिफेन्डर) : अरुज सिंह, विजय श्रेष्ठ, बिकु तामाङ, सरोज तामाङ

आला (मिडफिल्डर) : आदिल हमिद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, कृजल खड्का, मणिकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा

पिभोट (फरवार्ड): अबिनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *