युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई सत्ताच्युत गरेर मुरायेभलाई राष्ट्रपति बनाइँदै !
काठमाडौं। युक्रेनमा रुसी आक्रमणको तेस्रो दिनसम्ममा १० लाख मानिसहरु पलायन भइसकेका छन् । किभमा भारी बमबारी भइरहेको छ । रुसले युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न दबाब दिइरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सेनालाई आफ्ना नेतालाई सत्ताबाट हटाउन भनेका छन् । पुटिनको भनाइले यो स्पष्ट भएको छ कि पुटिन अहिलेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सत्ताच्युत गरेर युक्रेनमा रुस समर्थक सरकारलाई स्थापित गराउन चाहन्छन् ।
बेलायती खुफिया एजेन्सीका अनुसार रुसका समर्थन रहेका युक्रेनका केही नेता र पूर्व सैन्य अधिकारीहरु रुसले बनाउने नयाँ सरकारमा सहभागी हुन सक्छन् । यो सरकार रुसको कठपुतली सरकार हुने अनुमान गरिएको छ । युक्रेन गठन भएपछिको ३ दशकको इतिहासमा युक्रेनमा रुस समर्थक नेताहरु पनि राष्ट्रपति र प्रधानमन्त्री भएका थिए । युक्रेनको डोनबास क्षेत्रमा रुसको पूर्ण समर्थन छ । यी कुराहरु रुसको पक्षमा छन् । यस्तोमा रुसले युक्रेनको सत्तामा आफ्नो पक्षका नेताहरुलाई स्थापित गराउने तयारी तीब्र पारेको छ ।
युक्रेनमा रुसले बनाउने सरकारको प्रमुख पदको लागि मुख्य दावेदार पूर्व सांसद येहवेन मुरायेभलाई मानिएको छ । युक्रेनका सांसद रहिसकेका मुरायेभ देशमा रुस समर्थक च्यानल चलाउँछन् । उनको जीवनको धेरै समय रुसमा बित्छ । अहिले रुसले युक्रेनमा आक्रमण गरेको छ र यो समयमा मुरायेभ क्यारेबियन द्विपमा विदा मनाइरहेका छन् । मुरायेभ स्वयंले भने आफूलाई युक्रेनको सत्ताको दावेदार भन्दैनन् ।
युक्रेनको सत्ताको लागि दोस्रो दावेदार व्यवसायी आन्द्रेय क्लुयेभलाई मानिएको छ । उनी २०१० देखि २०१२ सम्म युक्रेनका प्रथम उपप्रधानमन्त्री थिए । यसबाहेक उनी युक्रेनका रुस समर्थक पूर्वराष्ट्रपति यानुकोभिचका चिफ अफ स्टाफ पनि रहिसकेका छन् । पृथकतावादी दोनेत्स्कको काउन्सिलमा पनि रहेका क्लुयेभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका घोर समर्थक हुन् । उनको रुसमा आवतजावत चलिरहन्छ ।
तेस्रो दावेदार शेर्री अरबुजोभलाई मानिएको छ । अरबुजोभ २०१२ देखि २०१४ सम्म युक्रेनका प्रथम उपप्रधानमन्त्री थिए । उनले कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका थिए । २०१४ मा रुसले युक्रेनको क्रिमियामा आक्रमण गर्दा उनी रुसी राष्ट्रपति पुटिनको आलोचना गर्नबाट बचिरहे । पुटिनको आलोचना नगरेका कारण युक्रेनमा उनको विरोध पनि भएको थियो । अहिले बेलायतले प्रतिबन्ध लगाएका व्यक्तिहरुको सूचीमा उनी पनि छन् ।
चौथो दावेदार पूर्व प्रधानमन्त्री मायकोला अजारोभलाई मानिएको छ । उनी २०१० देखि २०१४ सम्म युक्रेनका प्रधानमन्त्री थिए । उनी आफ्नो सोभियत पृष्ठभूमिमा निकै गर्व गर्छन् । प्रधानमन्त्री पदबाट हटेपछि उनी अहिले रुसमै बसिरहेका छन् । उनले युक्रेनको बारेमा रुसी खुफिया एजेन्सी र विदेश मन्त्रालयलाई सूचना दिइरहन्छन् । उनी अहिलेको युक्रेनी सरकारका आलोचक हुन् ।
बेलायती विदेश मन्त्रालयले आफ्ना खुफिया एजेन्सीको रिपोर्टका आधारमा बताएअनुसार रुसको खुफिया एजेन्सीले युक्रेनका रुस समर्थक मानिने कैयौं नेताहरुलाई युक्रेनमा नयाँ सरकार स्थापित गराउने विषयलाई लिएर सम्पर्क गरिसकेको छ । यहाँसम्म कि युक्रेनमा पूर्व प्रधानमन्त्री मेकोला अजारोभको नाम पनि सूचिमा समावेश छ । यद्यपि बेलायती विदेश मन्त्रालयले यो दावीको समर्थनमा कुनै प्रमाण भने पेश गरेको छैन ।







डिसी नेपाल







Facebook Comment