युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराधको मुद्दा हालिदियो

डिसी नेपाल
१५ फागुन २०७८ १७:२६
1.4k
Shares

काठमाडौं। युक्रेनले ‘इन्टरनेशनल कोर्ट अफ जस्टिस’मा रुसविरुद्ध मुद्दा हालिदिएको छ । एक ट्वीटमा यसको जानकारी दिँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा आक्रमणको लागि रुसलाई जवाफदेही ठहर गरिनुपर्ने बताएका छन् । आफ्नो ट्वीटमा जेलेन्स्कीले लेखेका छन् ‘हामी इन्टरनेशनल कोर्ट अफ जस्टिससँग आग्रह गर्दछौं कि उसले रुससँग तत्काल सैन्य कारवाही रोक्न भनोस् । हामी अर्को हप्ता यो केसको सुनुवाइ गराउन चाहन्छौं ।’

बिहीबार बिहान रुसी राष्ट्रपतिले युक्रेनमा सैन्य कारवाहीको आदेश दिएका थिए । त्यसपछि रुसी सेना युक्रेनमा प्रवेश गरेको थियो र अहिले युक्रेनले रुसी सेनाको आक्रमणको सामना गर्नु परिरहेको छ । कैयौं सहरमा भीषण युद्ध भएको छ । आज बिहान रुसले युक्रेनसँग बेलारुसमा वार्ता गर्ने प्रस्ताव राखेको थियो तर युक्रेनले बेलारुसमा वार्ता सम्भव नभएको बताएको छ । बेलारुस रुसको सहयोगी हो र उसले यो युद्धमा रुसलाई सहयोग गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *