झन्डै ५,३०० रुसी सैनिक मारिएको युक्रेनको दाबी

डिसी नेपाल
१६ फागुन २०७८ १७:३२
1.4k
Shares

काठमाडौं। युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको सङ्घर्षमा सुरुका चार दिनमा ५,००० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ।

फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५,३०० सैनिकको ज्यान गएको तथा १९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८१६ वटा वाहन नष्ट पारिएको दाबी गरिएको छ।

बीबीसीले यी दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

यद्यपि यूकेको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो पक्षमा पनि क्षति भएको स्वीकारोक्ति गरेको भोलिपल्ट युक्रेनले यस्तो दाबी गरेको हो। तर रुसले आफूतिर भएको मानवीय क्षतिको कुनै विवरण दिएको छैन।

संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षकहरूले युक्रेनमा भएका सङ्घर्षहरूमा कम्तीमा ९४ जना गैरसैनिक नागरिकको मृत्यु भएको जनाएका छन्।

राष्ट्रसङ्घका अनुसार रुसी आक्रमणले युक्रेनमा गम्भीर मानवीय समस्या सिर्जना गरेको छ। उसले युद्धमा मर्ने मानिसको सङ्ख्या निकै धेरै भएको हुनसक्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *