करापुटारको ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण

डिसी नेपाल
२० फागुन २०७८ ६:१८
48
Shares

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण गरिएको छ। मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ। समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार यसै बर्षको शिवरात्रिदेखि धारा संचालनमा आएको हो।

मध्यनेपाल नगरपालिका र स्थानीयबासीको सहयोगमा धारा निर्माण भएको हो। धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन् । १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन्।

शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमानश्रीमतिको नाम राख्न चाहनेले ७५ हजार रुपैयाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ। उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *