रुसी सेनाले कब्जामा लिएको खेरसनका स्थानीयले भने-तत्काल हाम्रो भूभाग छोड

डिसी नेपाल
२२ फागुन २०७८ ७:१४
1.3k
Shares

किभ। युक्रेनले नियन्त्रणमा लिएको खेरसन सहरका वासिन्दाहरुले रुसी सेनाविरुद्ध प्रदर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणको विरुद्धमा युक्रेनीहरुले प्रदर्शन गरेका हुन्।

खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो। रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरुले देशभक्तिपूर्ण नारा लगाएका थिए। युक्रेनी झन्डा बोकेका उनीहरुले रुसी सेनालाई देश छोड्न माग गरेका थिए।

‘यो सयौंको होइन्, हजारौंको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जनाले बीबीसीलाई भने। ‘युक्रेन हाम्रो हो भनेर हामीले नाराबाजी गर्यौं’ उनले थपे, ‘हामीले रुसी सेनालाई घर फर्क, हामी तिमीहरुलाई यहाँ देख्न चाहन्नौं भन्यौँ । हामी युक्रेनमै बस्न चाहन्छौं । हामी युरोपमा बस्न चाहन्छौ, रुसमा होइन।’

प्रदर्शन तितर वितर पार्न रुसी सेनाले हवाई फायर गरेको उनले बताए । यसैबीच, खेरसनमा विद्युत र इन्टरनेटको सीमित सुविधा भएको स्थानीयले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *