युक्रेनले रुस नियन्त्रित क्षेत्रमा उल्टै भीषण मिसाइल आक्रमण गरिदियो (भिडियोसहित)
काठमाडौं। रुसले युक्रेनमा भीषण आक्रमण गरिरहेका बेला युक्रेनले उल्टै रुसमाथि भीषण मिसाइल आक्रमण गरिदिएको छ । मिसाइल आक्रमणपछि भएको एक शक्तिशाली विष्फोटले रुस समर्थित पृथकतावादी नियन्त्रित लुहान्स्क सहरलाई हल्लाइदिएको छ । रिपोर्टका अनुसार एक तेल डिपोमा मिसाइल आक्रमण भएको थियो । मिसाइलको विष्फोट र संग्रह गरेर राखिएको तेलमा समेत एकैचोटी आगो लाग्दा यो विष्फोट निकै भयानक भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार यो भयानक विष्फोटको आवाज लुहान्स्क सिटी सेन्टरसम्म सुनिएको थियो । स्थानीय समयअनुसार बिहान ६ बजेर ५५ मिनेटको समयमा भएको विष्फोटले तेल डिपोमा आगो लागेको छ । यो आक्रमणको एउटा भिडियो सार्वजनिक भएको छ । विष्फोटपछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।
The oil depot in #Luhansk is still on fire. pic.twitter.com/GqrmmCLGu4
— NEXTA (@nexta_tv) March 7, 2022
यो विष्फोटमा कसैको ज्यान गएको वा घाइते भएकोबारे स्पष्ट जानकारी छैन । आपतकालीन सेवाले आगो नियन्त्रण गर्न प्रयास गरिरहेको छ । लुहान्स्क पिपुल्स रिपब्लिकका प्रमुख सल्लाहकार रोडियन मिरोशनिकले युक्रेनी बलले तेल डिपोमा मिसाइल आक्रमण गरेको आरोप लगाएका छन् । लुहान्स्क क्षेत्रमा रुस समर्थित पृथकतावादीको नियन्त्रण छ । आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिएका थिए ।







डिसी नेपाल







Facebook Comment