रुसको सरकारी टीभी स्टेशन ह्याक !

डिसी नेपाल
२३ फागुन २०७८ १३:४१
244
Shares

काठमाडौं । ह्याकरहरूको समूह अनोनिमसले रुसी सरकारी टीभी प्रसारणको बेला ह्याक गरेर युक्रेनमा जारी युद्धको दृश्य देखाइएको दाबी गरेको छ।

ट्विटरमा लेख्दै उक्त समूहले रसा ट्वेन्टीफोर, च्यानल वन र मस्को ट्वेन्टीफोर सहितका च्यानल तथा रुसी स्ट्रमीङ सेवा विन्क र इभीमा ह्याक गरेको दाबी गरेको छ।

उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

अर्को पोस्टमा उक्त समूहले अहिलेसम्मकै सबैभन्दा ठूलो “अनोनिमस अभियान” सञ्चालन गरिएको दाबी गरेको छ। तर केही राष्ट्रका सरकारहरूले आफ्नो कामलाई जोखिम ठानेर बदनाम गर्न “फल्स फ्ल्याग” अभियान सञ्चालन गर्न सक्ने चिन्ता उसले व्यक्त गरेको छ।

“धेरै शक्तिको ध्यान हामीतिर आकर्षित हुँदा हामीलाई सम्झनुहोस्, किनभने त्यो भएरै छोड्छ,” अनोनिमसले भनेको छ।

“हामी विश्वलाई राम्राका लागि परिवर्तन गर्न सक्छौँ। त्यो नै सधैँको योजना हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *