रुसको प्रस्ताव ‘अनैतिक’- युक्रेन

डिसी नेपाल
२३ फागुन २०७८ १५:३९
252
Shares

काठमाडौं । शरणार्थीहरूलाई बेलारुस वा रुस पठाउन बाटो खोलिदिने रुसको प्रस्ताव ‘पूर्णतया अनैतिक” भएको युक्रेनले बताएको छ।

युक्रेनी नागरिकहरूलाई युक्रेनी भूमिबाट नै आफ्नो घर छोड्न अनुमति दिनुपर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रवक्ताले बताए।

“जनताको पीडालाई टेलिभिजनमा देखाउने तस्बिरका रूपमा प्रयोग गरिन्छ। यो पूर्ण रूपमा अनैतिक काम हो,” रोएटर्स समाचारसंस्थाले ती प्रवक्तालाई उद्धृत गरेको छ।

उनको लिखित सन्देशमा लेखिएको छ: “उनीहरू युक्रेनका नागरिक हुन् जोसँग यहाँको भूमि छोड्ने अधिकार हुनुपर्छ।”

यसअघि रुसले युक्रेनका सर्वधारण नागरिकलाई अन्यत्र जान दिनका लागि बाटो खोलिदिने बताएको थियो।

रुसले ठूलो आक्रमण गरिरहेका किएभ, खार्किभ, मारिऊपोल र सुमी सहरबाट मानिसहरूलाई बाहिर जान दिइने बताइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *