रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामासमेत लड्न तयार छौँः जेलेन्स्की
किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन्।
बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए। ‘हामीले आत्मसमर्पण गर्दैनौँ। हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने।
रुसविरुद्धको लडाइमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए । जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात नगर्ने बताएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment