योनी र स्तन मेरो खतराको कारण

डिसी नेपाल
३ चैत २०७८ ७:४४
84.9k
Shares

हजुर, शीर्षक देखेर जिब्रो काड्नु भो? कि उत्ताउली भन्नु भो? योनी र स्तनको ठाउ“मा मुख र आ“खा भनेको भए पनि त्यसै गर्नु हुन्थ्यो र? अवश्य पचाउनु हुन्थ्यो त्यो शीर्षक। योनी र स्तनमा चाहिँ के कुरा फरक छ र हाम्रो प्रतिकृया आश्चर्यजनक हुन्छ? आखिर यी पनि नारी शरीरको अंग नै हुन्। अझ भनौं सशक्त अंग।

योनी जसले मानवलाई संसारमा अवतरण गराउँछ अनि स्तन, दुध खुवाएर जीवन बचाउ“छ। सृष्टिको पहिलो आधार यी अंगहरुले नै नारी जीवन असुरक्षित पारेको छ। पटक पटक वलात्कार गराएको छ। लुटिएको छ। घा“टी थिचिएको छ। जीवन छिनिएको छ । योनी र स्तन अभिशाप भएको छ।

खुलेर होस् या लुकेर होस्, जायज होस् या नाजायज होस् मानवले यौन आवश्यकता पूरा गरिरहेको हुन्छ।

योनीका कारण शिशुहरुदेखि वयोबृद्धाहरुसम्म बलात्कारको शिकार भएका घटनाहरु देखिन्छन भने स्तनका कारण सामान्य उत्तेजनादेखि लिएर वलात्कारका घटनाहरु हुन पुगेका छन्। के छ त्यस्तो यी अंगहरुमा? यौन आवश्यकता खाना, पानी, कपडा, बासजस्तै आधारभुत आवश्यकताभित्र पर्छ भनेर मनोविद् अब्राहम मास्लोले भनेका छन्।

खुलेर होस् या लुकेर होस्, जायज होस् या नाजायज होस् मानवले यौन आवश्यकता पूरा गरिरहेको हुन्छ। बालिग र सहमति सहितको यौन सम्पर्कको मुद्दाहरुलाई परै राखेर हेर्दा पनि अहिलेको हाम्रो नेपाली समाजमा वालिका यौन हिंसा कहालिलाग्दो स्थितिमा पुगेको छ।

दिन दहाडै छोरी, नातिनी, भान्जी, भतिजी, बहिनी अनेक नातामा बा“धिएका वालिकाहरु त्यही योनीकै कारणले घरेलु एवं सामाजिक हिंसाको शिकार भएको देख्दा लाग्छ योनी नभएको भए हुन्थ्यो।

त्यही योनी होइन? के यौन प्यास मेट्नलाई महिलाको मासुको प्वाल नै चाहिन्छ?

यौन हिंसा र हत्याको जरो केलाउँदै जा“दा कतिपय अवस्थामा महिलाहरुको अंग प्रदर्शन र व्यबहारलाई यौनाकर्षण गरेको भनेर उल्टै महिलालाई नै दोषी देखाइन्छ। यदि त्यसो हो भने शिशु र बयोबृद्धाहरु किन यौन हिंसा र बलात्कारको शिकार हुन्छन् त? त्यही योनी होइन? के यौन प्यास मेट्नलाई महिलाको मासुको प्वाल नै चाहिन्छ? त्यो पनि करकाप र डरत्रास देखाएर गरेको यौनक्रिडाले कति सन्तुष्टि दिन्छ?

शारीरिक सम्पर्क गर्न शरीर र मन पूर्ण विकसित हुन पर्छ। त्यतिले मात्रै पुग्दैन दुबैजनाको चाहना र सहमति हुन पर्छ भन्ने चेतना भए महिलाको मासुको प्वाल देख्ने वित्तिकै हिंस्रकरुपमा हासिल गर्न लालायित हुन्थेनन् कि यौन पिपासुहरु?

अहिलेको सर्बाधिक चासो नायक र गायिकाको यौन काण्डको पक्षविपक्षका मतहरु हेर्दा पनि लाग्छ हाम्रो समाजमा यौन शिक्षा, कानुनी ज्ञान र मान्यता अनि जिम्मेवारीको कमी छ। कतिपय अवस्थामा योनी र स्तन विकसित भएको देखिए पनि के ठीक के वेठीक भनेर ठम्याउन नसक्ने अवस्थामा हुन्छन् नावालिग र किशोरीहरु त्यसैले यौन परिपक्कताको उमेर तोकिएको हुन्छ।

अहिलेको सर्बाधिक चासो नायक र गायिकाको यौन काण्डको पक्षविपक्षका मतहरु हेर्दा पनि लाग्छ हाम्रो समाजमा यौन शिक्षा, कानुनी ज्ञान र मान्यता अनि जिम्मेवारीको कमी छ।

योनी र स्तन मानव शरीरको अंग हुन्। यी अंगहरु उमेर, समय र परिस्थिति अनुरुप स-सम्मान प्रयोग हुन्छन् भन्ने कुराको जानकारी युवाहरुमा हुन आवश्यक देखिन्छ। यस्तो शिक्षा दिनु परिवार, स्कुल, समाज, राज्यको कर्तव्य हो।

योनी र स्तन प्रकृतिले दिएकै कारण कति ‘कोपिलाहरु’ फूल बनी फक्रिन नपाउँदै चुँडिन्छन्। आफ्नो शरीरसम्म थाम्न नसक्ने बृद्धाहरु, मानसिक असन्तुलन भएका महिलाहरु समेत त्यही योनीको कारण असुरक्षित छन्, वालात्कृत छन् र झन् ठूलो मानसिक तनावमा पारिएका छन्।

प्रत्येक दिनजस्तो वालिकामाथि यौन हिंसाको खबर सुन्दा पनि, बर्षौंदेखि आफ्नै गाउँटोल, घर परिवारमा बालिकाहरु मारिँदा पनि किन हामीले सुरक्षा गर्न सकेका छैनौं? व्यक्ति, परिवार, समाज, राज्य किन चुकेको छ महिलाको शरीरका यी दुई अंगप्रतिको कुदृष्टि र त्यस अपराधबाट बालिकाहरुलाई बचाउन? यस्तै अंगहरु बोकेका महारथीहरुले हाँकिरहेको मेरो देशमा १८ महिनाको शिशु योनीको कारण असुरक्षित भएको देख्दा सृष्टिकर्तासँग भन्न मन लाग्छ भो नदेऊ योनी र स्तन जस्को कारण खतरामा छ मेरो जीवन।

(अमेरिकामा रजिष्टर्ड नर्स सुनिता साहित्यकार हुन्)

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *