युरोपेली देशले अब रुबलमा पैसा तिरेर मात्र ग्यास किन्न पाउने रुसी राष्ट्रपतिको घोषणा
काठमाडौं। युरोपेली देशले आफ्नो देशमाथि लगाएको आर्थिक प्रतिबन्धको बदलामा रुसी राष्ट्रपति पुटिनले युरोपेली देशलाई अप्ठ्यारोमा पार्ने गरी नयाँ घोषणा गरिदिएका छन् । उनले रुसले अब गैर मित्र देशलाई रुसको मुद्रा रुबलमा पैसा तिरेमा मात्र ग्यास बेच्ने घोषणा गरेका छन् । रुसलाई ग्यास किनेवापत रुबलमै पैसा तिर्नुपर्ने देशहरुको सूचीमा युरोपेली संघका सबै देश छन् । पुटिनले रुस विरुद्ध अभिएकाहरुलाई अब डलर र युरोमा पैसा तिरेर ग्यास नदिने बताएका छन् ।
युक्रेनमा आक्रमणका कारण कैयौं देशहरु ले रुसी सम्पत्ति सिल गरिदिएका छन् । यसको जवाफमा पुटिनको यो कदम आएको हो । उनले यी देशहरुले आफ्नो विश्वास तोडेको भन्दै यस्तो निर्णय गर्नुपरेको बताएका छन् । युरोपमा कूल खपत हुने ग्यासको ४० प्रतिशत रुस एक्लैले आपूर्ति गर्छ । रुसको यो घोषणाले युरोपको बजारमा हाहाकार हुन सक्छ । बुधबार मात्रै युरोपेली र बेलायती ग्यास बजारमा ग्यासको मूल्यमा १५ देखि २० प्रतिशत वृद्धि भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment