कविता : धारसित

डिसी नेपाल
२१ चैत २०७८ १४:३१


कठै जिन्दगी !
धारसित दोधार छ
किनकि जीवनसित बहकिने मन छ
धारभित्र ममता खोज्दै हराएको
माया बटुल्दै रमाएको
अनपत्यारिलो छ जीवन
धारको निर्दोषिता
मन मान्दैन
दिक्भ्रमित मन द्विधामा बाडिन्छ
धारले नकाटेको इतिहास कतै छ र !
उफ ! यो पागल मन
उस्को निर्दोषिता खोज्दैछ ।

मनको औजारभित्र
अनगिन्ती बहुरुपि धारहरू छन्
जो देखिंदैनन् र लेखिएनन्
संसारको विचित्रतामा जावो मान्छे
असहाय बबुरो बन्छ
कहिले नामोनिशान मेटाउने चोटहरूबाट
त कहिले मृदुवाणीका छद्मी स्नेहबाट प्रताडित छ
मायारुपि जालको पंजा
अदृश्य छ र पनि रेट्न सक्षम छ
अचम्म छ ! देखिनेभन्दा नदेखिने धार
कति गुना शक्तिशाली छ
र त उसको राज
अनवरत् छ
समीप अउनुपर्दैन ऊ
टाढैबाट धार लगाउन सक्षम छ
र पनि यो मन पत्याउँदैन ।

भन्छन् जिन्दगी
खुकुरीको धारमा छ
मानौं त्यो एक बिम्व हो
खुकुरी मात्र हैन अनेकौं औजार छन्
जो दृश्यरुपमा मानव शरीर टुक्राटुक्रा पार्छन्
तर यहाँ हजारन अदृश्य धारहरू
साँध लागेर बसेका छन्
तिनीहरू चोटरहित धार चलाउँछन्
ए मानवहरू !
तिमीहरूको मानवता
माया, ममता र अनन्यस्वधर्मिता
गिल्लि गर्दै धारीलो धारले धारेहात लगाउनेछ
धारको बहुरुपि आवरणबाट
जोगिन शदिऔंदेखि प्रयासरत छ
धारसित दोधार नबनौं
गर्दन काटिने धारभन्दा मन काटिने धार
शक्तिशालि छ
र पनि मनको बिर्को खोलेर पत्याउने मन
अझै बेखबर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *