प्रदेश प्रहरीको लोगो बनाउँदै मधेश प्रदेश सरकार

डिसी नेपाल
२२ चैत २०७८ २१:१०

जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजनमा कुनै चासो नदेखाइरहेको अवस्थामा मधेश प्रदेश सरकारले मधेश प्रहरी सम्बन्धी लोगो निर्माण गर्न लागेको छ ।

संघीय प्रहरी ऐन र प्रदेश प्रहरी ऐन बनिसकेको अवस्थामा पनि संघीय सरकारले प्रहरी समायोजनमा चासो नदेखाएपछि संघीय सरकारविरुद्ध कडा अभिव्यक्ति दिँदै आएको मधेश प्रदेशका आन्तरिक मामिला सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश प्रहरी लोगो निर्माणको लागि समिति गठन गर्न लागेका हुन् ।

संविधानको एकल सूचिमा शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भए पनि संघीय सरकारले त्यसमा कुनै चासो नदेखाएपछि आफू प्रदेश प्रहरीसमेत भर्ना गर्ने मन्त्री साहले बताए ।

प्रदेश प्रहरी लोगोको लागि तीन सदस्य समिति गठन गर्ने निर्णय भइसकेको बताउँदै मन्त्री साहले भने, ‘प्रदेश प्रहरीको लोगोको निर्माणको लागि समिति गठन गर्ने निर्णय भइसकेको छ । चाडै नै त्यो गठन गरेर लगेको निर्माणको प्रक्रिया सुरु हुन्छ ।’

मधेशको संस्कृति, पहिचान झल्कने गरी लोगो निर्माण गरिने बताउँदै मन्त्री साहले भने, ‘नेपाल प्रहरी भन्दा मधेश प्रदेश प्रहरीको लागेको केही फरक हुन्छ । यो मधेश प्रदेशको पहिचानसँग जोडिएको छ ।’ मधेश प्रहरी मधेश सरकार मातहत रहने भएपछि प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारले जिम्मेवारीमा आउने मन्त्री साहले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *