बार अध्यक्षमा गठबन्धनका गोपालकृष्ण घिमिरे विजयी (नामावलीसहित)

डिसी नेपाल
२५ चैत २०७८ १८:२९
624
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी भएको एसोसिएसनको निर्वाचन समितिले जनाएको छ ।

घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरे । यसैगरी, महासचिव अन्जिता खनाल विजयी भएकी छन्। खनालले ३६ सय ८२ मत ल्याएकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गरे ।

बारको कोषअध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । उनले चार हजार ३६ मत प्राप्त गरेका छन् । राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गरे ।

विजयी सबैजना सत्ता गठबन्धनको रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.