यी दुई राशीले हात र खुट्टामा कालो धागो नबाध्नुहोस्, हुन्छ अशुभ

डिसी नेपाल
११ वैशाख २०७९ १०:३३
1.2k
Shares

काठमाडौं । धेरै मानिसहरुले हातमा र खुट्टामा कालो धागो बाँधेको देख्न सकिन्छ । मानिसहरुले आ–आफ्नै कारण रआस्थाले पनि कालो धागो हात खुट्टामा बाँधेका हुन्छन् । विशेषगरि महिला र साना बालबालिकाहरुलाई नजर नलागोस्, नकारात्मकता टाढा भागोस् वा कोहीको हातखुट्टा दुख्ने समस्याबाट मुक्ति मिल्ने भन्दै कालो धागो बाँध्नेको देख्न सकिन्छ । साथै, ग्रहहरूको दिशा र राशिको आधारमा कालो धागो पनि बाँधिन्छ।

धेरै जनाले चाहीँ शौखका कारण पनि जानेर नजानेर कालो धागो बाँध्छन् । तर धार्मिकमान्यता अनुरुप जो सुकैले कालो धागो लगाउन हुँदैन । ज्योतिषशास्त्रका अनुसार दुईवटा यस्ता राशी छन् जसलाई कालो धागो लगाउनु निकै अशुभ मानिन्छ । कालो धागोमा कुनै प्रकारको लकेट वा भगवानको मूर्ति राखे पनि यी दुई राशीका व्यक्तिले कालो धागो लगाउनु अशुभको संकेत मानिन्छ । यदी कालो धागो हात वा खुट्टामा लगाए तिनीहरूको जीवनमा कठिनाइले भरिने गर्दछ ।

कालो धागोले बाँध्न नहुने दुई राशीहरु:

वृश्चिक– मंगल ग्रहमा वृश्चिक राशी रहेको विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार मंगललाई मंगल देव पनि भनिन्छ । मंगल ग्रहलाई कालो रंगको लागि प्रतिकूल मानिन्छ। यस कारण यस राशी का व्यक्तिलाई कालो धागो नलगाउन सल्लाह दिइन्छ।

मेष– वृश्चिक जस्तै मेष राशीको स्वामी पनि मंगल देव वा मंगल ग्रह हो। कालो रंगले मंगल क्रोधित हुन्छ। त्यसैले मेष राशीका व्यक्तिले भूलेर पनि हात वा खुट्टामा कालो धागो बाँध्नु हुँदैन। यति मात्र होइन, यो राशीका मानिसले कालो धागो लगाएमा जीवनमा समस्या धेरै गुणा बढ्ने विश्वास पनि गरिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *