गोलबजारमा जसपा र नेकपा एसबीच चुनावी तालमेल

डिसी नेपाल
२० वैशाख २०७९ १९:०६

सिरहा । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल भएको छ ।

एकीकृत समाजबादीको तर्फबाट गोलबजार नगरपालिकामा कुनैपनि उम्मेदबार नरहेकोले उक्त पार्टीले जसपालाई सहयोग गर्ने भएको हो ।

जसपाका नगर अध्यक्ष हरी नारायण यादब र एकीकृत समाजबादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा एकीकृत समाजवादीले जसपालाई सहयोग गर्ने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *