सिराहामा साइकल दुर्घटना हुँदा ७२ वर्षीय वृद्धको मृत्यु

डिसी नेपाल
२१ वैशाख २०७९ १२:२४

सिराहा। सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन्।

यादब सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *