सिराहामा साइकल दुर्घटना हुँदा ७२ वर्षीय वृद्धको मृत्यु
सिराहा। सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन्।
यादब सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment