अल-कायदाले भन्यो – अमेरिका कमजोर देश हो, जसका कारण युक्रेन रूसको आक्रमणमा पर्‍यो

डिसी नेपाल
२५ वैशाख २०७९ १५:३२
13.8k
Shares

काठमाडौं । आतंकवादी ओसामा बिन लादेनको हत्यापछि अल कायदाको प्रमुख बनेका अयमान अल जवाहिरीले भिडियो सन्देशमार्फत अमेरिकाविरुद्ध आक्रोश पोखेका छन् । भिडियोमा अल-जवाहिरीले रुस-युक्रेन युद्धको लागि अमेरिकालाई दोष दिएका छन् ।

समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)का अनुसार ओसामा मारिएको ११औँ वार्षिकोत्सवमा अल–कायदाले जारी गरेको भिडियोमा जवाहिरीले भने– ‘यो अमेरिकाको कमजोरीको परिणाम हो, जसका कारण आज युक्रेन रुसी आक्रमणको शिकार भएको छ ।’

जिहादी समूहहरूको अनलाइन गतिविधिको निगरानी गर्ने अमेरिकी संस्था साइट इन्टेलिजेन्स ग्रुपले जवाहिरीको नयाँ भिडियोबारे जानकारी दिएको छ । २७ मिनेटको भिडियोमा जवाहिरी टेबलमा किताब र बन्दुक लिएर बसेको देखिन्छ । भिडियोमा उनले मुस्लिम समुदायलाई एकै ठाउँमा आउन अपील गरेको पनि देखिएको छ ।

अल–जवाहिरीले भने– ‘अमेरिका अहिले कमजोर देश बनेको छ ।’ यसका लागि उनले ९/११ आतंकवादी हमलापछि सुरु भएको इराक र अफगानिस्तान युद्धको प्रभावलाई उद्धृत गरे । ओसामा बिन लादेन यी आक्रमणका मास्टरमाइन्ड र फाइनान्सर थिए।

आतंकवादी संगठन अलकायदाका प्रमुख अयमान अल जवाहिरीले केही वर्षअघि एउटा भिडियो सार्वजनिक गरेर मुस्लिमहरूलाई पश्चिमी देशहरूमा आक्रमण गर्न उक्साउँदै अमेरिकालाई ध्वस्त पार्ने सन्देश दिएका थिए । ३३ मिनेट २८ सेकेन्डको भाइरल भिडियोमा जवाहिरीले मुस्लिमहरूलाई अमेरिका, युरोप, इजरायल र रुस जस्ता पश्चिमी देशहरूलाई आक्रमण गरेर नष्ट गर्न भनेका थिए।

अमेरिकी आक्रमणमा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले संगठनको नेतृत्व सम्हालेका थिए । विश्वका धेरै ठाउँमा भएका आतंकवादी हमलामा उनको हात रहेको अनुमान गरिएको छ । १५ वर्षको उमेरमा जवाहिरी पहिलो पटक पक्राउ परेका थिए । उनले १९७४ मा कायरो विश्वविद्यालय मेडिकल स्कूलबाट स्नातक गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *