१८ वर्षको उमेरमा खुसीसाथ ३१ वर्ष जेठा सांसदकी तेस्री पत्नी बनेकी युवतीले ४ महिनामै डिभोर्स मागिन्
काठमाडौं । पाकिस्तानको पीटीआई सांसद तथा प्रख्यात टिभी होस्ट अमिर लियाकतकी तेस्रो पत्नी सैयदा दानिया शाहले उनीसँग सम्बन्धविच्छेद मागेकी छिन् । उनले खुल्ला (महिलाको सम्बन्धविच्छेदको अधिकार) को लागि आवेदन दिएकी छिन् । उनले निवेदनमा भनेकी छिन् ‘आमिर टिभीमा पहिले जस्तो देखिन्थे त्यस्तो छैनन् र शैतानभन्दा खराब छन्।’
निवेदनमा दानियाले आफ्नो श्रीमानसँगगको सम्बन्धबारे बताउँदै आमिरसँगको विवाह भएको चार महिना बितिसकेको र यी चार महिनामा पीडाबाहेक केही नपाएको बताएकी छन् । पिटिआइका सांसदले आफूलाई सानो कोठामा राखेको दानियाले आरोप लगाएकी छन् । यसबाहेक मदिरा सेवन गरेर कुटपिट गर्ने गरेको उनले बताइन् । उनले आमिरले आफू र आफ्नो परिवारलाई नराम्रो परिणामको धम्की दिइरहेको बताइन् ।
सम्बन्धविच्छेद बाहेक दानियाले पारिवारिक अदालतमा थप मुद्दा दायर गरेकी छिन् । उनको निवेदनमा उनले अदालतलाई आफ्नो पतिलाई हक मेहर, घर र गहनाहरूवापत ११५ मिलियन पाकिस्तानी रुपैयाँ भन्दा बढीको हकदारी भुक्तानी गर्न आदेश दिन अनुरोध गरेकी छिन्। दानियाको निवेदनमा जुन ७ मा अदालतमा सुनुवाइ हुनेछ ।
आमिर शाह लियाकत र सैयदा दानियाले यसै वर्ष फेब्रुअरीमा विवाह गरेका थिए । ४९ वर्षीय आमिर र १८ वर्षीया सैयदाको विवाहको चर्चा भएको थियो । आमिर लियाकत आफ्नी ३१ वर्ष कान्छी श्रीमतीसँग विवाह गरेको कारण सामाजिक सञ्जालमा निकै ट्रोल भएका थिए ।
आमिर लियाकत सांसदसँगै पाकिस्तानका चर्चित टिभी होस्ट पनि हुन् । यसका साथै उनलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिक पनि मानिन्छ । आमिर लियाकत सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनका फलोअर्सको संख्या लाखौंमा छ ।







डिसी नेपाल







Facebook Comment