ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

डिसी नेपाल
२६ वैशाख २०७९ १३:४७
60
Shares

ताइपेइ। ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन्।

पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई २७ दशमलब ५ किलोमिटर रहेको थियो। भूकम्प ताइवानभर महसुस गरिएको थियो । दुई टेक्टोनिक प्लेटको सँगमनजिकै रहेको ताइवान भूकम्पको जोखिममा छ।

ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ। सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। त्यस्तै, सन् १९९९ मा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *