सलमानले जुन केटासँग भेट गराइदिएका थिए, के उनैसँग सोनाक्षीको इंगेजमेन्ट भएको हो ?

डिसी नेपाल
२६ वैशाख २०७९ १४:४३
3.0k
Shares

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गरेकी छन् । उनले हिराको औंठी सार्वजनिक गर्दै फ्यानलाई यो खुसीको खबर सुनाइन् । तर यससँगै सोनाक्षीले आफ्नो मंगेतरको नाम गोप्य राखेकी छिन् । उनले आफ्नो मंगेतरको नाम वा अनुहार खुलाएकी छैनन् । तर अहिले सम्मको रिपोर्ट अनुसार सोनाक्षीको यो मिस्ट्री म्यान अरु कोहि नभई जहिर इकबाल हुन् ।

सोनाक्षीसँगै जहीर इकबालको नाम यसअघि पनि धेरै पटक चर्चामा आइसकेको छ । उनीहरुको डेटिङको खबर लामो समयदेखि चलिरहेको थियो । दुबैले आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् तर अब यो रहस्य खोल्ने समय आएको देखिन्छ।

जहीर इकबालले नोटबुक, डबल एक्सएल, कमाल खान: बुमरोमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेका छन्। जहीर इकबालका बुबा इकबाल रत्नसी हुन्, जो सलमान खानका बाल्यकालका साथी हुन्। जहीरले सलमानसँगको आफ्नो बाल्यकाल र जवानीको तस्बिर सेयर गरेका छन् ।

अभिनय करियर बाहेक जहीरले सन् २०१४ मा सोहेल खानको फिल्म जय होमा पनि काम गरेका थिए । उनले यो चलचित्रमा सहायकको रुपमा काम गरेका थिए ।

जहीर र सोनाक्षीको सम्बन्धको बारेमा कुरा गर्दा उनीहरु दुबैको भेट सलमान खानले गराइदिएको बताइएको छ । केही समयअघि इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा जहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्धबारे भनेका थिए– ‘मैले लामो समयदेखि यो कुरा सुन्दै आएको छु । अब मलाई यसको वास्ता छैन।’

‘यसरी सोच्नुहुन्छ भने सोचिरहनुहोस्। तपाइको लागि राम्रो। म उनको (सोनाक्षी) साथमा छु भन्ने सोच्दा खुशी मिल्छ, तब तपाइको लागि खुशीको कुरा हो । र यदि यसले तपाईलाई चोट पुर्यायो भने, म माफी चाहन्छु। यसबारे सोच्न बन्द गर्नुहोस्।’

उनले थपे– ‘यो उद्योगको हिस्सा हो । यो कुरा मलाई उद्योगमा आउनुअघि नै थाहा थियो । सलमान भाइले जहिले पनि धेरैले यस्तो लेख्छन्, त्यसमा खासै ध्यान नदिनु भन्नुहुन्थ्यो । त्यसैले म यस्तो कुरालाई ध्यान दिन्न ।’ सोनाक्षी र जहीरको बन्धन उनीहरुको सामाजिक सञ्जाल पोस्टमा प्रष्ट देखिन्छ । दुबैले एकअर्कासँग धेरै तस्विर सेयर गरेका छन् । अब यो मित्रता हो कि अरु केहि हो, छिट्टै थाहा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *