खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि…
नयाँ दिल्ली। हालै एक ग्राहकले आफ्नो खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको थियो । यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेको इन्डिपेन्डेन्टले जनाएको छ ।
तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबाट किनेको परौठा प्याक गर्न प्रयोग गरिएको कागजमा उनीहरूले सर्पको छाला फेला पारेका थिए । प्रिया नाम गरेकी आमाले आफू र छोरीलाई खाजाका लागि दुई पिस परौठा र केही चटनी मगाएका थिए ।
छोरीले आफ्नो भागको परौठा सकिसकेपछि आफूले खान लाग्दा उनले र्यापिङ पेपरमा सर्पको छालाको अंश फेला पारिन । तुरुन्तै प्रियाले प्रहरीलाई सम्पर्क गरिन् । प्रहरीको निर्देशनमा उनले खाद्य सुरक्षा अधिकारीहरूलाई जानकारी गराएकी थिइन् ।
Hotel in Kerala’s Thiruvananthapuram has been temporarily shut after a customer allegedly found a part of a snake skin packed into her food. The snake skin was found in the newspaper that was used to pack the parottas, following which the food safety officials were alerted.
? pic.twitter.com/WZXi30fVzd— Tushar Kant Naik ॐ♫₹ (@Tushar_KN) May 6, 2022







डिसी नेपाल







Facebook Comment