जापानमा विद्यार्थी खेलाडीलाई ह्यान्ड स्यानिटाइजर पिउँन दिएपछि…
टोकियो। जापानी अधिकारीहरूले उच्च माध्यामिक विद्यालयका खेलाडीहरूलाई दौडको क्रममा ह्यान्ड सेनिटाइजर पिउँन दिएको र एक विद्यार्थी स्यानिटाइजर पिएपछि बिरामी परेको विषयमा अनुसन्धान गर्ने बताएका छन्।
मध्य जापानको यामानाशी प्रिफेक्चर (जिल्ला जस्तै)मा गत सप्ताहन्तमा आयोजित छात्राहरूको ५ मिटर दौड प्रतियोगितामा आयोजकहरूले भूलवश कपमा खन्याएको सेनिटाइजर धावकहरूको लागि पेय स्टेसनमा राखेका थिए।
सेनिटाइजरलाई लेबल नगरिएको प्लास्टिकको बोटलमा पिउँने पानी भएको कार्डबोर्ड बक्समा राखिएको यामानशीको हाईस्कूल खेलकुद महासंघले जनाएको छ। मदिरा मिश्रण गरिएको ह्यान्ड स्यानिटाइजर सामान्यतया कोभिड–१९ बाट बचाउन प्रयोग गरिन्छ । महामारी सुरु भएदेखि नै जापान र अन्य देशहरूमा यसको प्रयोग भएको छ।
सेनिटाइजर पिएपछि एक खेलाडी ढलेर वान्ता गरेका थिए। अन्य दुई जनाले निरन्तर वाकवाक गरेका थिए। घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। उनीहरूको स्वास्थ्यमा सुधार आइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ । सो घटनाबारे तेस्रो पक्षले अनुसन्धान गर्ने यामानाशीका गभर्नर कोतारो नागासाकीले बताए।
यसअघि भारतमा काेभिडबाट बच्न भन्दै एक व्यक्तिले सेनिटाइजर पिउँदा गम्भीर घाइते भएका थिए।







डिसी नेपाल







Facebook Comment