श्रीलंका संकटः रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण
कोलम्बो।श्रीलंकाका निवर्तमानप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर-पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन्। देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन्।
राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ। राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भैरहेको जनाइएको छ।
आर्थिक संकटलाई लिएर भएको विरोध प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यू लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ । राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि जनआक्रोश बढेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment