डोनाल्ड ट्रम्पलाई ट्वीटरले लगाएको प्रतिबन्ध हटाउने एलन मस्कको घोषणा

डिसी नेपाल
२८ वैशाख २०७९ १०:३०
68
Shares

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले मंगलबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध हटाउने बताएका छन्।

४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता गरेका एलन मस्कले आफूलाई ‘स्वतन्त्र अभिव्यक्ति’को समर्थकको रुपमा व्याख्या गरेका छन् । र पहिलेका धेरै अवसरहरूमा पनि ट्रम्पलाई प्लेटफर्ममा सदाका लागि प्रतिबन्ध लगाउने निर्णयको आलोचना गरेका छन्।

फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाउने आफ्नो धारणाको पक्षमा तर्क गर्दै भने, “ट्विटरमा ट्रम्पका वास्तविक फलोअरहरू छन् जसले उनलाई फलो गर्छन्, बट वा नक्कली फलोअरहरू होइनन्। यस्तो अवस्थामा, उनलाई प्लेटफर्मबाट हटाउनाले ती सबै प्रयोगकर्ताहरूको ट्विटरमा विश्वास कमजोर हुन्छ। सबैलाई आफ्नो मनको कुरा गर्ने अधिकार छ।”

“यदि कुनै ट्वीट वा पोस्ट विवादास्पद छ वा मानिसहरू माझ गलत सन्देश पठाउँछ भने, त्यो ट्वीट हटाउनु पर्छ वा यसको पहुँच कम गर्नुपर्छ। मैले यसबारे ज्याक डोर्सीसँग कुरा गरेँ र उहाँ पनि कसैलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु उचित होइन भन्ने विश्वास गर्नुहुन्छ। म भन्न चाहन्छु कि यो एक मूर्ख निर्णय थियो।”

जनवरी ६, २०२१ मा अमेरिकाको क्यापिटल हिलमा भएको हिंसापछि ट्रम्पको ट्विटर स्थायी रूपमा बन्द गरिएको थियो। ट्विटरले आफ्नो निर्णय पछि “हिंसा भड्काउने जोखिम” लाई उद्धृत गरेको छ।

यद्यपि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा मस्कले किनेर आफ्नो खाता पुनर्स्थापना गरे पनि आफू ट्विटरमा नफर्किने बताएका छन् । ट्रम्पले ट्रुथ सोसल नामक आफ्नै सोसल मिडिया एप प्रयोग गर्ने बताएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *