बिल गेट्सलाई कोभिड पोजेटिभ
न्युयोर्क। माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ। आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन्।
स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन्। ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्यवानी छु’, उनले ट्विट गरेका छन्।
६५ अर्ब डलरको अनुदानसँगै सियटलमा रहेको बिल र मेलिन्डा गेट्स च्यारिटी विश्वको सबैभन्दा शक्तिशाली निजी फाउन्डेसन हो। अक्टोबरमा गेट्स फाउन्डेसनले मर्कको एन्टिभाइरल कोभिड-१९ ट्याब्लेटको ‘जेनेरिक भर्सनमा’ कम आय भएका देशहरूको पहुँच विस्तार गर्न १२० मिलियन डलर सहयोग गर्ने बताएको थियो।
सन् २०१४ मा माइक्रोसफ्टका सह-संस्थापकले महामारीको चेतावनी दिएका थिए । विश्वले अर्को २० बर्षमा अर्को महामारीको सामना गर्न सक्ने गेट्सले केही समयअघि भनेका थिए।
I’ve tested positive for COVID. I’m experiencing mild symptoms and am following the experts’ advice by isolating until I’m healthy again.
— Bill Gates (@BillGates) May 10, 2022







डिसी नेपाल







Facebook Comment