पाकिस्तानलाई चीनले दियो अल्टिमेटम
काठमाडौं । चीनले पाकिस्तानसँग कराँचीमा भएको विस्फोटमा संलग्न आतंकवादीलाई पक्राउ गर्न माग गरेको छ । २६ अप्रिलमा पाकिस्तानको कराँची विश्वविद्यालयमा आत्मघाती हमला भएको थियो । जसमा ३ चिनियाँ र १ पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।
यो हमला बलुचिस्तान लिबरेशन आर्मीकी आत्मघाती हमलाकारी शारी बलोचले गराएकी थिइन्। पछिल्ला केही वर्षयता पाकिस्तानमा चिनियाँ नागरिकमाथि आक्रमणका घटना बढेका छन् ।
पाकिस्तानका लागि चिनियाँ उपराजदूत पाङ चुन्सुले आन्तरिक मामिलामन्त्री राणा सनाउल्लाहसँग भेट गरी पाकिस्तानमा रहेका चिनियाँ नागरिकको सुरक्षालगायत सबै विषयमा छलफल गरेका थिए ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि पाकिस्तानका आन्तरिक मन्त्री सनाउल्लाहले बैठकमा आफ्नो देशले यहाँ काम गर्ने चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न सबै स्रोतहरू प्रयोग गरिरहेको बताए।
‘पाकिस्तानमा रहेका चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न हामीले पूर्ण स्रोतसाधन प्रयोग गरिरहेका छौं ‘, गृहमन्त्रीले भने। सोही क्रममा चिनियाँ उपराजदूत चुन्सुले आफ्नो देश कराँची घटनाको पूर्ण छानबिन गर्न चाहने र दोषीलाई जतिसक्दो चाँडो सजाय दिनुपर्ने बताए ।
यसै क्रममा राणा सनाउल्लाहले कराँची हमलामा मारिएका चिनियाँ नागरिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न चिनियाँ दूतावास र पाकिस्तानी मन्त्रालयबीच सहकार्य बढाउन दुवै नेता सहमत भएको विज्ञप्तिमा उल्लेख छ।
राणा सनाउल्लाहले प्रधानमन्त्री शाहबाज सरिफको नेतृत्वमा रहेको हाम्रो गठबन्धन सरकारले पाकिस्तान–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए । गृहमन्त्रीले पाकिस्तान र चीनले कुनै पनि आन्तरिक वा बाह्य षड्यन्त्रलाई आफ्नो मित्रता बिगार्न नदिने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment