के हो केरलाका ८० प्रतिशत बालबालिका प्रभावित भएको टमाटर फ्लू भाइरस ?

डिसी नेपाल
२८ वैशाख २०७९ १४:२९
460
Shares

नयाँ दिल्ली। दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको छ। सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको हो।

दुर्लभ भाइरल रोगका कारण केरलाका पाँच वर्षमुनिका ८० प्रतिशत बालबालिका प्रभावित भएका छन्। केरलाको एउटा जिल्लामा टमाटर फ्लू फैलिएपछि त्यसविरुद्ध लड्न तमिलनाडु र केरलाको सीमामा रहेको वालेरमा चिकित्सकहरूको टोलीले ज्वरो, दाग र अन्य रोग जाँच गर्ने भएको छ।

के हो टमाटर फ्लू ?

टमाटर फ्लूका कारण दाग, छालाको जलन र डिहाइड्रेसन हुन्छ। टमाटर फ्लू भारतमा सबैभन्दा गलत निदान गरिएको संक्रमण हो । फ्लूको नाम टमाटरको आकारको छाला उत्पन्न हुने रोगबाट भएको हो।

लक्षणहरू
बालबालिकाको छालामा जलन, बिमिरा आउनु, हात र खुट्टामा रातो दाग देखिनु यस रोगका लक्षण हुन्। त्यस्तै भाइरस लागेका बालबालिकामा ज्वरो आउने, निर्जलीकरण हुने, खोकी तथा चिसो महसुस हुने र पखाला लाग्ने यसका लक्षण हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *