जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ

डिसी नेपाल
२९ वैशाख २०७९ ९:५७
5.8k
Shares

बारा। बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन्। झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे।

माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन्।

घटना स्याउली चोकमा भएकाे हाे। महतोका अनुसार उमाकान्तकाे टोलीले गालीगलाैज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन्।

घाइते न्योपानेको अवस्था सामान्य छ। पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *