हत्याको सुनुवाइमा अदालतमा प्रहरीले प्रमाण पेश गर्न सकेन, भन्यो – ‘सबै प्रमाण बाँदरले लगे’

डिसी नेपाल
२९ वैशाख २०७९ १०:४८
864
Shares

काठमाडौं । राजस्थान प्रहरीले हत्याको एक मुद्दामा जयपुरको तल्लो अदालतलाई हत्याको हतियार (चक्कु) सहितका सबै प्रमाण बाँदरहरूले खोसेर लगेको बताएको छ। सन् २०१६ मा एक युवकको हत्या प्रकरणमा अदालतले प्रहरीलाई पछिल्लो सुनुवाइमा हत्याको प्रमाण पेश गर्न आदेश दिएको थियो ।

यसपछि प्रहरीले अदालतमा बरामद हत्याका प्रमाण अब आफूसँग नरहेको बताएको छ । जयपुर ग्रामीण पुलिस अधीक्षक (एसपी) मनीष अग्रवालले अदालतलाई लिखित रूपमा यो जानकारी दिएका हुन् ।

एसपी मनिष अग्रवालले बीबीसीलाई भने, “यो केस २०१६ को हो। तत्कालीन मालखाना इन्चार्जले सन् २०१७ मा बाँदरले प्रमाण लिएर गएको रिपोर्ट पेस गरेका थिए।”

एसपी अग्रवालले भने, “प्रमाणको एसएफएल अनुसन्धान प्रतिवेदन प्राप्त भएको थियो। यस विषयमा अतिरिक्त एसपी जयपुर ग्रामीणले अनुसन्धान गरिरहेका छन्।”

प्रहरीका अनुसार हत्याका महत्वपूर्ण प्रमाण– चक्कु, रगतले लतपतिएको लुगा, घटनास्थलबाट लिइएको माटो, रगतको नमूना, चप्पल, मोबाइल फोनलगायत हत्यासँग सम्बन्धित १५ वटा महत्वपूर्ण प्रमाणहरु एउटा बाकसमा राखिएको थियो । प्रमाणको यो बाकस जयपुर ग्रामीणको चन्दवाजी थानाको टिन शेडमुनि राखिएको थियो।

प्रहरीले भनेका विषयमा अदालतले पनि असन्तुष्टि जनाएको छ । सरकारी वकिलले जयपुर ग्रामीण एसपीलाई पत्र लेखेर यस विषयमा छानबिन गर्न माग गरेका छन्। अदालतमा सबै प्रमाण पेश गर्न माग समेत गरिएको छ ।

तर, जयपुर ग्रामीण एडिशनल एसपी धर्मेन्द्रले भने, ‘प्रमाणको एसएफएल अनुसन्धान प्रतिवेदन अदालतमा पेस गरिएको छ ।’ अदालतमा यो मुद्दाको अर्को सुनुवाई मे १३ मा हुने भएको छ ।

चन्दवाजी प्रहरी चौकीका अध्यक्ष दिलीप सिंहले बीबीसीलाई भने, “हत्याको प्रमाण मउलखानामा थियो, त्यो समयमा बाँदरहरूले प्रमाण खोसेका थिए। अहिलेसम्म कर्मचारी पनि परिवर्तन भइसकेका छन् र तत्कालीन मलखाना इन्चार्ज पनि सेवानिवृत्त भइसकेका छन्।”

उनले भने, “जसबाट हत्या भएको हो त्यो चक्कु, लुगा, चप्पललगायत सबै प्रमाण सँगै राखेको थियो। फाइल अदालतमा रहेकाले हामीसँग पूर्ण जानकारी छैन। अझै पनि यहाँ धेरै बाँदर छन्।”

प्रहरीले अदालतमा भनेको छ – बाँदरले हत्याका प्रमाणहरु खोसेको भन्दै तत्कालीन मालखाना इञ्चार्ज हनुमान सहाय यादवले प्रहरी चौकी रोजनामचामा जाहेरी दिएका थिए । तर, हनुमान सहाय यादवको अवकाशपछि २०२१ सालमा उनको निधन भइसकेको छ ।

सरकारी वकिलले प्रहरीले बताएको घटना विवरणमाथि प्रश्न गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । यस सम्पूर्ण प्रकरणको अनुसन्धान जयपुर ग्रामीण एडिशनल एसपी धर्मेन्द्रसँग छ। जयपुर ग्रामीणका अतिरिक्त एसपी धर्मेन्द्रले बाँदरको प्रमाण बोकेर गएको विषयमा अनुसन्धान गरिरहेका छन् ।

अतिरिक्त एसपी धर्मेन्द्रले बीबीसीलाई भने, “प्रमाण अनुसन्धानको लागि एसएफएलमा पठाइएको थियो र त्यसपछि त्यहाँबाट फिर्ता आएको थियो। त्यसपछि तत्कालीन मलखाना इन्चार्जले रोजनामचामा रिपोर्ट गरेका थिए कि प्रमाणको बाकस बाँदरहरूले लिएर गएका थिए ।’

अतिरिक्त एसपीले भने, “अनुसन्धानमा तत्कालीन मालखाना इन्चार्ज हेड कन्स्टेबलको लापरवाही खुलेको छ । अनुसन्धानपछि हेड कन्स्टेबललाई कारबाहीका लागि लेखिएको थियो, तर उनको २०२१ सालमा सेवानिवृत्त भएर मृत्यु भएको पाइयो।”

उनले भने, ‘हेड कन्स्टेबल हनुमान सहायले त्यसबेला वरिष्ठलाई समेत यसको जानकारी दिएका थिएनन् ।’

जयपुर ग्रामीणको चन्दवाजीमा सिकरका शशिकान्त शर्मा सन् २०१६ मा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत अवस्थामा फेला परेका थिए ।

त्यसपछि परिवारका सदस्यले हत्याको आरोप लगाउँदै दोषीलाई पक्राउ गर्न माग गर्दै दिल्ली–जयपुर राजमार्ग जाम गरेका थिए ।

विवाद चर्किएपछि प्रहरीले शशिकान्त शर्माको मृत्युको अनुसन्धानलाई तिव्रता दिएको थियो । अनुसन्धानका क्रममा चन्दवाजीका दुई युवालाई हत्याको आरोपमा पक्राउ गरिएको थियो ।

अभियुक्तको बयानका आधारमा एक चक्कु बरामद भएको थियो, यही चक्कुबाट हत्या गरेको आरोप छ । प्रहरीले अरु धेरै प्रमाण जुटाएको थियो ।

हत्याको मुद्दा जयपुरको तल्लो कोर्ट (एडीजे) मा चलिरहेको छ। जहाँ विगतमा भएको सुनुवाइमा अदालतले प्रमाण पेश गर्न आदेश दिएको थियो । तर, प्रहरीले प्रमाण बाँदरले खोसेर लगेको अदालतलाई बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *