उत्तर कोरियामा लकडाउन, पहिलो पटक आधिकारिक रूपमा कोभिड केस पुष्टि

डिसी नेपाल
२९ वैशाख २०७९ १२:१७
64
Shares

काठमाडौं । उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमणको आधिकारिक पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै देशभर कडा लकडाउन घोषणा गरिएको छ ।

देशको सरकारी मिडियाका अनुसार देशको राजधानी प्योङयाङमा कोरोनाको ओमिक्रोन भेरियन्टको केस फेला परेको छ । यद्यपी कति जना संक्रमित भएका छन् भन्ने जानकारी भने दिइएको छैन ।

केसीएनएका अनुसार, “यो सबैभन्दा ठूलो आपतकाल हो जसले देशको क्वारेन्टाइन नियमहरू अपर्याप्त साबित गरेको छ। देशका सर्वोच्च नेता किम जोङले अधिकारीहरूसँग आकस्मिक बैठक गर्दैछन् ताकि देशलाई यो अवस्थाको लागि तयार गर्न सकियोस्।’

उत्तर कोरियाबाट पहिलो पटक कोरोना संक्रमणको खबर आएपनि यो संक्रमणबाट पहिले नै देश अछुतो नरहेको विज्ञहरुको विश्वास छ । देशमा संक्रमण लामो समयदेखि रहेको हुनुपर्छ ।

उत्तर कोरियाले आफ्नो देशमा कोभिड–भ्याक्सिन कार्यक्रम सञ्चालन गरेको छैन। चीनले बनाएको सिनोभ्याक र रुसले बनाएको एस्ट्राजेनेका भ्याक्सिनको प्रस्तावलाई पनि उत्तर कोरियाले अस्वीकार गरेको छ ।

उत्तर कोरियाले कोरोना महामारीबाट टाढा रहन चालेको सबैभन्दा महत्त्वपूर्ण र पहिलो कदम भनेको आफ्नो सीमाना बन्द गर्नु थियो।

उत्तर कोरियाले महामारीको प्रारम्भिक चरणदेखि नै आफ्नो सीमाना बन्द गरेको थियो। जसका कारण मुलुकले गम्भीर आर्थिक अवस्था झेल्नुपरेको थियो । नाका बन्द हुँदा खाद्यान्न आपूर्ति ठप्प भएको थियो ।

महामारीको प्रारम्भिक चरणमा यस्ता धेरै रिपोर्टहरु आएका थिए, जसमा देशमा कोरोनाका धेरै केसहरु रहेकोमा आशंका गरिएको थियो ।

छिमेकी मुलुक दक्षिण कोरिया र चीनमा कोरोनाका बिरामी देखिए पनि उत्तर कोरियामा कसरी संक्रमित छैनन् भन्नेमा पनि आश्चर्य व्यक्त गरिएको छ ।

यतिबेला चीन फेरि एकपटक बढ्दो कोरोना संक्रमितसँग लडिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *