निर्वाचन सुरक्षाका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समिति बैठक

डिसी नेपाल
२९ वैशाख २०७९ १४:४९
44
Shares

काठमाडौं। निर्वाचन सुरक्षाको विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बिहीबार मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा बसेको सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाका विषयमा छलफल भएको सुरक्षा स्रोतले जनाएको छ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कसेको बैठकमा चार वटा सुरक्षा निकायका प्रमुखलाई बोलाइएको थियो।

बैठकमा नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारी सहभागी थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टै निर्वाचन सेल गठन गरेका छन् भने नेपाली सेनाले पनि निर्वाचन सेल गठन गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा हेर्ने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *