रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन

डिसी नेपाल
३० वैशाख २०७९ ६:४५
3.9k
Shares

किभ। युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन्। मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन्।

२४ फेब्रुवरीमा आक्रमण सुरु भएदेखि ५६१ जना मारिएकाबाहेक थप १६९७ सैनिकहरू घाइते भएका नेसनल गार्डका प्रमुख ओलेक्सी नाडटोचीले एउटा अनलाइन ब्रिफिङ भने।

रुसी हमलामा मारिनेको संख्याबारे दुबै देश मौन रहेका बेला युक्रेनी पक्षबाट आफ्ना मारिने सेनाको तथ्यांक सार्वजनिक भएको हो। युक्रेनी र रुसी अधिकारीहरू क्षतिबारे खासै खुलेका छैनन्।

युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेनाहरूको बारेमा तथ्यांकबारे विरलै जारी गरेका छन् न त किभको रक्षा मन्त्रालय र मस्कोले सैन्य क्षतिको बारेमा कुनै जानकारी प्रदान गरेका छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *