स्थानीय तह निर्वाचन : कास्कीमा मतदान सुरु

डिसी नेपाल
३० वैशाख २०७९ ७:२२
88
Shares

पाेखरा। स्थानीय तह अन्तर्गतको मतदान कास्कीमा सुरु भएको छ। केहीबेरअघिबाट मतदान सुरु भएको हो। पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन्।

सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन्। वडा नम्बर ९ मा १ जना तेश्रो लिंगी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाभरी २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन्। कास्कीमा महानगरसहित ५ पालिकाको निर्वाचन भइरहेकाे हाे। १ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ। ३९ जना महिला मतदान अधिकृत छन्। एउटा मतदान केन्द्र (अन्नपूर्ण आधारभुत स्कुल) महिलाले मात्रै चलाएका निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.