स्थानीय तह निर्वाचन : कास्कीमा मतदान सुरु

डिसी नेपाल
३० वैशाख २०७९ ७:२२
88
Shares

पाेखरा। स्थानीय तह अन्तर्गतको मतदान कास्कीमा सुरु भएको छ। केहीबेरअघिबाट मतदान सुरु भएको हो। पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन्।

सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन्। वडा नम्बर ९ मा १ जना तेश्रो लिंगी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाभरी २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन्। कास्कीमा महानगरसहित ५ पालिकाको निर्वाचन भइरहेकाे हाे। १ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ। ३९ जना महिला मतदान अधिकृत छन्। एउटा मतदान केन्द्र (अन्नपूर्ण आधारभुत स्कुल) महिलाले मात्रै चलाएका निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *