भोट हालेपछि प्रकाशमासिंहले भने-आउने पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ

डिसी नेपाल
३० वैशाख २०७९ ८:५७
48
Shares

काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् ।उनीसँगै उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए ।परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट पारे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *