चुनाबमा १ सिट पनि नजितेका रनिल विक्रमासिंघे श्रीलंकाको प्रधानमन्त्री नियुक्त, को हुन् उनी ?
काठमाडौं । रनिल विक्रमासिंघे श्रीलंकाको प्रधानमन्त्री नियुक्त भएका छन् । छैटौं पटक प्रधानमन्त्री बनेका रनिल विक्रमासिङ्घेले श्रीलंकाको राजनीतिमा महत्वपूर्ण स्थान राखेका छन् । तर, राजापाक्षे दाजुभाइको पालामा भएको पछिल्लो संसदीय निर्वाचनमा उनको युनाइटेड नेशनल पार्टीले अप्रत्याशित पराजय बेहोरेको थियो । उनले एक सिट पनि जित्न सकेका थिएनन् ।
तर संसदीय सदस्यको राष्ट्रिय सूचीका आधारमा उनको पार्टीलाई एउटा सिट दिइएको थियो । यही एक सिटको सहयोगमा २२६ सिट भएको संसदमा विक्रमासिङ्घेले संसदीय राजनीतिमा सक्रियता देखाउँदै आएका छन् र अहिले श्रीलंकामा अभूतपूर्व संकटका बेला प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् ।
हालै राजीनामा दिएका श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले विक्रमासिङ्घेलाई ट्वीटरमार्फत बधाई दिएका छन् । उनले लेखेका छन्- “नवनियुक्त प्रधानमन्त्रीलाई बधाई। यो कठिन समयमा देश चलाउनको लागि शुभकामना।”
Congratulations to the newly appointed Prime Minister of #lka, @RW_UNP. I wish you all the best as you navigate these troubled times.
— Mahinda Rajapaksa (@PresRajapaksa) May 12, 2022
राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि ट्वीटरमा रनिल विक्रमासिङ्घेलाई श्रीलंकाको प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । उनले लेखेका छन्, “नयाँ प्रधानमन्त्रीलाई मेरो शुभकामना। रानिल विक्रमासिंघेले कठिन समयमा देश चलाउन अगाडि बढेका छन्। श्रीलंकालाई फेरि बलियो बनाउन उनीसँग मिलेर काम गर्न म तत्पर छु।”
My best wishes to the newly appointed PM of #LKA, @RW_UNP, who stepped up to take on the challenging task of steering our country through a very turbulent time. I look forward to working together with him to make Sri Lanka ?? strong again. pic.twitter.com/ysIZGH3wfA
— Gotabaya Rajapaksa (@GotabayaR) May 12, 2022
रनिल विक्रमासिङ्घेको जन्म २४ मार्च १९४९ मा भएको थियो । उनको बुबाको नाम एसमन्ड विक्रमासिंघे र आमाको नाम नलिनी विक्रमसिंघे हो। कोलम्बोको रोयल कलेजबाट अध्ययन पूरा गरेपछि उनले पहिले कानूनको अभ्यास गरे र पछि राजनीतिमा प्रवेश गरे।
सन् १९७० मा युनाइटेड नेशनल पार्टीले उनलाई आफ्ना दुईवटा सिटका लागि मुख्य प्रशासक नियुक्त गर्यो। ब्यागामा सिटबाट उनी पहिलो पटक संसदमा पुगेका थिए र पूर्व प्रधानमन्त्री जेआर जयवर्धनेले उनलाई आफ्नो मन्त्रिपरिषद्मा मन्त्री बनाएका थिए। बिस्तारै पार्टीमा उनको हैसियत बढ्दै गयो ।
१ मे १९९३ मा श्रीलंकाका पूर्व राष्ट्रपति रानासिंघे प्रेमदासा तमिल विद्रोही समूह लिट्टेद्वारा आत्मघाती आक्रमणमा मारिए। त्यसपछि डिबी विजेतुङ्गाको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । यसमा रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री बनाइयो । २००१ मा उनी दोस्रो पटक देशको प्रधानमन्त्री भए ।
सन् २०१५ मा श्रीलंकामा राष्ट्रपतिको निर्वाचन भएको थियो जसमा रनिल विक्रमासिङ्घे र मैत्रीपाला सिरिसेनाको गठबन्धनले जित हासिल गरेको थियो। सिरिसेना राष्ट्रपति बने र रनिल विक्रमासिङ्घेले फेरि प्रधानमन्त्रीको कुर्सी पाए । सोही वर्ष श्रीलंकामा संसद विघटन गरी पुनः निर्वाचन सम्पन्न भयो। त्यसमा रनिल विजयी भएर फेरि प्रधानमन्त्री बने ।
तर २०१५ र २०१९ बीच राजनीतिक अनिश्चितता थियो र राष्ट्रपति सिरिसेनाले आफ्नो अधिकार प्रयोग गर्दै रनिल विक्रमासिङ्घेलाई हटाएर महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाए। तर उच्च अदालतको फैसलापछि उनी पाँचौं पटक प्रधानमन्त्री बनेका हुन् ।
सन् २०१९ मा राष्ट्रपतिको निर्वाचन भएको थियो र त्यसमा गोटाबाया राजापाक्षे विजयी भएका थिए। त्यसपछि रनिल विक्रमासिङ्घेले प्रधानमन्त्री पद त्यागे । यसपछि राजापाक्षेको पालामा भएको निर्वाचनमा विक्रमासिङ्घेको पार्टीले लज्जास्पद हार बेहोरेको थियो ।
तर, छुट्याएको सिटसँगै रनिल संसदमा प्रवेश गरे । श्रीलंकामा विगत केही महिनादेखि गहिरो आर्थिक संकटका बीच अब रनिल विक्रमासिङ्घे छैटौं पटक प्रधानमन्त्री बनेका छन् ।
श्रीलंकाका पत्रकार आर शिवराजाले बीबीसी तमिललाई भने – रनिल विक्रमासिंघेको सबैभन्दा ठूलो गुण भनेको आलोचनाको सामना गर्नु र आफ्नो संयम नहार्नु हो।
उनी भन्छन्, “पूर्व राष्ट्रपति सिरिसेनाले उनको निकै कडा आलोचना गरेका थिए तर उनले कुनै प्रतिक्रिया दिएनन्। उनले यो सिरिसेनाको विचार मात्र हो भने र त्यसपछि उनी अघि बढे।”
शिवराजले रनिल धेरै धैर्यवान र कूटनीतिज्ञहरूसँग राम्रो सम्बन्ध राखेको पनि बताउँछन्। उनी हतारमा निर्णय गर्दैनन् । आफ्नो राजनीतिक अनुभवका कारण उनले भारत र चीनसँग राम्रो सम्बन्ध राखेका छन् ।
उनी भन्छन्, “उनीसँग श्रीलंकाका अन्य राजनीतिज्ञहरू भन्दा राम्रो अन्तर्राष्ट्रिय सम्बन्ध छ, र यो उनको गुण पनि हो।”
श्रीलंकाको युवा तथा खेलकुद मन्त्री रहेका रनिलको कार्यकालमा श्रीलंकाले खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेको उनको भनाइ छ ।
उनका कमजोरीबारे कुरा गर्दै शिवराजाले उनी रनिश समाजको तल्लो तहबाट अलग्गिएको बताउँछन् ।
“उनी त्यो राजनीतिक परिवेशमा हुर्केका थिए। उनले चाहेको भए लुकाउन सक्थे। तर उनले त्यसो गरेन। उसलाई आफ्नो कमजोरी थाहा छ र उबले सुधार गर्न सक्छन्,” शिवराज भन्छन्।







डिसी नेपाल







Facebook Comment