विवादका कारण सात जिल्लाका केही स्थानमा मतदान अवरुद्ध

डिसी नेपाल
३० वैशाख २०७९ १३:०६
116
Shares

काठमाडौं। निर्वाचन आयोगले आज देशभर भइरहेको स्थानीय निर्वाचनमा अपरान्ह १२ बजेसम्म सात जिल्लाका केही स्थानमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ।

आयोगका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको हो।

अवरुद्ध भएको मतदान कार्य सूचार गर्ने प्रयास भइरहेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। आज देशका ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ।

छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगले विज्ञप्ति मार्फत जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *