श्रीलंकाका नवनियुक्त प्रधानमन्त्रीले भने – ‘राष्ट्रपतिविरुद्ध आन्दोलन जारी रहनुपर्छ, मैले रोक्दिन’
काठमाडौं । श्रीलंकामा चरम राजनीतिक उथलपुथलका बीच रनिल विक्रमासिङ्घे नयाँ प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘गोटा गो गामा’ आन्दोलन जारी राख्नुपर्छ । यो आन्दोलन रोक्न म र प्रहरीले हस्तक्षेप गर्ने छैनौं ।
उनले नयाँ मन्त्रिपरिषद् गठनबारे कुनै निर्णय नभएको बताए । ‘गोटा गो गामा’ नारा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध प्रयोग गरिएको छ। गामा भनेको सिंहाली भाषामा गाउँ हो। प्रदर्शनकारीले एकै ठाउँमा पाल टाँगेर राष्ट्रपति र सरकारविरुद्ध ‘गोटा-गो-गामा’को नारा लगाएका छन् भने सवारीसाधनका हर्न बजाएका छन् ।
७३ वर्षीय रनिललाई देशका उत्कृष्ट राजनीतिक प्रशासक र अमेरिकाका समर्थक मानिन्छन् । उनी यसअघि पनि ५ पटक प्रधानमन्त्री भइसकेका छन् । सन् १९९३ मा ४४ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । विक्रमासिङ्घे आफ्नो पार्टीका एक मात्र सांसद हुन् ।







डिसी नेपाल







Facebook Comment