एमालेका प्रचार विभाग उपप्रमुखरिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी
सुर्खेत। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिका दैलेखको भैरवीमा कांग्रेसले एमालेको गढ भत्काएको छ।
त्यहाँ पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाहीले ३९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएका छन्।
एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३९६० मत ल्याएर पराजित हुन पुगे भने उपाध्यक्षमा एमालेले ३२२७ मत पाएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment