भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई पराजित गरेका हुन्।
एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गर्दै विजयी भए। माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे। लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भए । उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा रानाले ५ हजार २९९ मत प्राप्त गरिन । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment