फक्ताङलुङमा माओवादी र ऐसेलुखर्कमा एमाले विजयी
ताप्लेजुङ। ताप्लेजनुङका दुई वटा गाउँपालिकाकाे नतिजा सार्वजनिक भएकाे छ। फक्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र ऐसेलुखर्क गाउँपालिकामा एमाले विजयी भएकाे हाे।
फक्ताङलुङ गाउँपालिका : अध्यक्षमा माओवादी केन्द्रबाट राजन लिम्बू ‘मुक्ति’ विजयी भएका छन्। बिहान सम्पन्न मतगणना अनुसार लिम्बू २ हजार ६६० मत ल्याएर विजयी भएका हुन्।
उनी निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज लिम्बूलाई ३४८ मतान्तरले पछि पार्दै अध्यक्ष बनेका हुन्। पराजित सरोजले २ हजार ३१२ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालय तापेथोकले जनाएको छ।
उपाध्यक्षमा २ हजार ३५८ मत ल्याउँदै कांग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका शान्ति माया लिम्बू पौडेलले २ हजार २१२ मत ल्याइन्।
ऐसेलुखर्क गाउँपालिका : ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन्।







डिसी नेपाल








Facebook Comment